सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

13
Share
Featured
  • मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री तथा सांसद सुदन गुरुङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।
  • विभिन्न विवादपछि गुरुङले राजीनामा दिएका थिए, त्यसपछि सरकारले सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो।
  • प्रतिवेदनका निष्कर्ष सार्वजनिक नभए पनि गुरुङले ‘क्लीन चिट’ पाएको चर्चा चलिरहेका बेला उनलाई पुनः गृहमन्त्री बनाउने तयारी भइरहेको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन औपचारिक रूपमा स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिए।

गुरुङ मन्त्री पदमा बहाल रहँदा विभिन्न विवादमा परेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए। सोही घटनाहरूको सत्यतथ्य पत्ता लगाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिले केही समयअघि नै आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको थियो।

मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गरे पनि यसमा समेटिएका निष्कर्ष र सुझावहरू भने सरकारले हालसम्म सार्वजनिक गरेको छैन। यसअघि नै सुदन गुरुङले छानबिन समितिबाट 'क्लीन चिट' पाएको चर्चाका बीच उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको बुझिएको छ।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...