सरकारका प्रारम्भिक संकेतहरू सकारात्मक छैनन् - अध्यक्ष लिङ्देन

Author

सजिलो पत्रिका

२०८३ जेठ २५, सोमबार

6
Share
Featured
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ले वर्तमान सरकारका प्रारम्भिक संकेतहरू सकारात्मक नदेखिएको भन्दै कार्यशैली र वैदेशिक सम्बन्धमा अपरिपक्वता देखिएको टिप्पणी गरेका छन्।
  • उनले रवि लामिछाने को भारत भ्रमणअघि सर्वदलीय छलफल भएको भए वैदेशिक सम्बन्धमा थप परिपक्वता देखिने धारणा व्यक्त गरेका छन्।
  • लिङ्देनले सरकारलाई विकल्पहीन ठान्न नहुने र लोकतान्त्रिक प्रणालीको नियन्त्रण तथा सन्तुलनको व्यवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले वर्तमान सरकारका प्रारम्भिक संकेतहरू सकारात्मक नदेखिएको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले सरकारको कार्यशैली र वैदेशिक सम्बन्धमा अपरिपक्वता देखिएको बताए।

लिङ्देनले सभापति लामिछानेको भारत भ्रमणअघि नै यस्तो छलफल भएको भए वैदेशिक सम्बन्धमा थप परिपक्वता देखिने र अनावश्यक टिप्पणीको वातावरण नबन्ने धारणा राखे। "दलहरूबीच संवाद हुनु राम्रो हो, तर भ्रमणअघि नै छलफल भएको भए अझ राम्रो हुन्थ्यो," उनले भने।

संसद्मा प्रतिपक्षको संख्या कम भएकै कारण सरकारले आफूलाई विकल्पहीन ठान्न नहुने भन्दै उनले नियन्त्रण र सन्तुलनको व्यवस्थालाई नभत्काउन सुझाव दिए। लामिछानेले भारतमा दिएको 'विगतको भारी बोक्दैनौँ' भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै लिङ्देनले वैदेशिक सम्बन्धमा थप संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए। बैठक मुख्यतः भ्रमणको ब्रिफिङ र सरकारको समीक्षामा सीमित रहेको र संसद्को गतिरोध अन्त्यबारे कुनै छलफल नभएको उनले जानकारी दिए।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँराजेन्द्र प्रसाद लिङ्देनरवि लामिछाने
राष्ट्रिय प्रजातन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि बजेटका करका दर चुहावट गरेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले बजेट सार्वजनिक हुनुअघि नै सूचना 'लिक' गरेर ७५३ वटा बीवाइडी (BYD) गाडी भन्सार पास गरिएको दाबी गरे।शाहीले करका दर हेरफेरबारे अर्थमन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...