लुम्बिनी प्रदेशका ५ नवनियुक्त मन्त्रीले लिए शपथ

Author

सजिलो पत्रिका

२०८३ जेठ २५, सोमबार

7
Share
Featured
  • लुम्बिनी प्रदेशका नवनियुक्त पाँच जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
  • मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी बाट एक मन्त्री सहभागी भएका छन्।
  • तुलसीप्रसाद चौधरी, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री, डिल्लीराज भुसाल र भण्डारीलाल अहिरले विभिन्न मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएसँगै प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त पाँच जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई एक विशेष समारोहबीच शपथ गराएका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री सहभागी छन्। एमालेका तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी, रामजीप्रसाद घिमिरेले स्वास्थ्य, रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास र डिल्लीराज भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, जसपाका भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रूपमा शपथ लिएका छन्।

केही दिनअघि नियुक्त भएका यी मन्त्रीहरूको कार्यविभाजन टुङ्गिएसँगै आज शपथ ग्रहण गराइएको हो। यससँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने दिशामा अघि बढेको छ।

यो समाचारमा

जनता समाजवादी पार्टीलुम्बिनी प्रदेशनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइप्रति विरोध जनाउँदै कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको थियो।तर, दलहरूबीच सहमति जुट्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक

    Data is loading...

    Loading brands...

    Loading footer...