उपत्यकामा २४ घण्टामा २४४५ चालक कारबाहीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

2
Share
Featured
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,४४५ सवारीचालकलाई कारबाही गरेको छ।
  • उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ।
  • तीव्र गति, एकतर्फी सडक प्रयोग, नियमविपरीत राइड सेयरिङ, ट्राफिक लाइट उल्लङ्घन र मादक पदार्थ सेवन (मापासे) प्रमुख कारबाहीका कारण बनेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४४५ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ।

कारबाहीमा पर्नेहरूमध्ये तीव्र गतिमा सवारी चलाउने १८३, एकतर्फी सडकमा सवारी चलाउने १६६, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १६०, ट्राफिक लाइट उल्लङ्घन गर्ने १४१ र मादकपदार्थ सेवन (मापासे) गर्ने १२८ जना रहेका छन्।

यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, लेन अनुशासन पालना नगर्ने ४३, सडक पेटीमा पार्किङ गर्ने १४ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जनालाई पनि प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न र दुर्घटना न्यूनीकरणका लागि निगरानीलाई थप तीव्र बनाएको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    काठमाडौँ।मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री

    Data is loading...

    Loading brands...

    Loading footer...