भदौ २३ र २४ का घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो- केपी ओली

Author

सजिलो पत्रिका

२०८३ जेठ २०, बुधबार

27
Share
Featured
  • केपी शर्मा ओली ले भदौ २३ र २४ का घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन सरकार ढाल्ने उद्देश्यले गरिएको पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।
  • ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन उद्धृत गर्दै आन्दोलनका नाममा हिंसात्मक तथा आपराधिक गतिविधि योजनाबद्ध रूपमा सञ्चालन गरिएको आरोप लगाएका छन्।
  • लोकतान्त्रिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि आपराधिक बाटो अपनाइएको भन्दै उनले यस्ता षड्यन्त्रविरुद्ध पार्टी सचेत र दृढ रूपमा अघि बढ्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको 'पूर्वनियोजित षड्यन्त्र' भएको दाबी गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई उद्धृत गर्दै ओलीले ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको बताए।

ओलीले लोकतान्त्रिक र संसदीय पद्धतिबाट सरकार ढाल्न नसकेपछि आपराधिक मार्ग अपनाइएको तर्क गरे। उनले आन्दोलनका नाममा पेट्रोल बम बनाउने तालिम दिइएको र गुगल म्यापको प्रयोग गरी नेताहरूका घर पहिचान गरेर आक्रमणको योजना बुनिएको गम्भीर आरोप लगाए। लोकप्रिय नेताहरूलाई बदनाम गराउन झुटा आरोपहरू फैलाइएको र नवयुवाहरूको हत्याको प्रपञ्च रचिएको उनको भनाइ छ।

आफ्नै योजनामा हिंसा मच्चाएर दोष अरूलाई थोपर्ने प्रवृत्तिलाई ओलीले ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे। उनले यस्ता षड्यन्त्र र धक्काहरूका विरुद्ध पार्टी सचेत रहँदै अघि बढ्ने स्पष्ट पारेका छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...