सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

14
Share
Featured
  • सरकारले ‘जेनजी आन्दोलन’ सम्बन्धी सुरक्षा संयन्त्रको अध्ययन गरिरहेको समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।
  • पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिले प्रदर्शनका क्रममा भएका घटना र सुरक्षा निकायको भूमिकाबारे अध्ययन गरिरहेको छ।
  • समितिले सुरक्षा संयन्त्रमा आवश्यक सुधार तथा भविष्यका रणनीतिबारे सरकारलाई सिफारिस गर्ने उद्देश्यले थप समय पाएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले 'जेनजी आन्दोलन' सँग सम्बन्धित सुरक्षा संयन्त्रको अध्ययन गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिलाई थप समय उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

२०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा देखिएका घटना र सुरक्षा निकायको भूमिकाबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमाथि विस्तृत अध्ययन गरी आवश्यक सिफारिस गर्न यो समिति गठन गरिएको हो। उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा गठित यस समितिमा सशस्त्र प्रहरीका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य रहेका छन्।

गत वैशाख २ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गठन भएको यस समितिले प्रारम्भिक अध्ययन कार्य अघि बढाइरहेको अवस्थामा कामलाई पूर्णता दिन थप समय प्रदान गरिएको हो। समितिले सुरक्षा संयन्त्रमा गर्नुपर्ने सुधार र आगामी दिनका लागि आवश्यक रणनीतिबारे सरकारलाई सुझाव दिनेछ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...