प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार

17
Share
Featured
  • नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई राष्ट्रहित विपरीत र गैरजिम्मेवार भन्दै आपत्ति जनाएको छ।
  • कांग्रेसका अनुसार उक्त भनाइले नेपालको सार्वभौमिकता, संवैधानिक नक्सा र सीमा सम्बन्धी राष्ट्रिय अडानलाई कमजोर बनाउँछ।
  • सरकारको आधिकारिक धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत भनाइ हो भन्नेबारे स्पष्ट पार्न कांग्रेसले माग गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार प्रवक्ता देवराज चालीसेमार्फत विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीत भएको दाबी गरेको छ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा "हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ" भनी दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, संवैधानिक नक्सा र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको कांग्रेसको ठहर छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमिमाथिको अतिक्रमणको मुद्दालाई यस्तो टिप्पणीले अन्तर्राष्ट्रिय मञ्चमा कमजोर बनाउने र कूटनीतिक विश्वसनीयता घटाउने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै प्रधानमन्त्रीबाट यस्तो अपरिपक्व टिप्पणी आउनु दुःखद भएको जनाएको छ। साथै, यो अभिव्यक्ति सरकारको आधिकारिक दृष्टिकोण हो वा प्रधानमन्त्रीको व्यक्तिगत भनाइ, त्यसबारे स्पष्ट पार्न कांग्रेसले सरकारसँग माग गरेको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...