अवतरित जहाजमा वृद्ध मृत फेला

Author

सजिलो पत्रिका

२०८३ जेठ १८, सोमबार

12
Share
Featured
  • अमेरिकाबाट नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ।
  • अचेत अवस्थामा फेला परेका उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
  • मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत आज बिहान काठमाडौं आइपुगेका उनी जहाजभित्रै अचेत अवस्थामा फेला परेका थिए।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार अचेत भेटिएका महरहट्टालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी आफ्नी श्रीमतीसँगै अमेरिकाबाट नेपाल फर्किएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए। उनको मृत्युको स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले मृतकको स्वास्थ्य पृष्ठभूमि र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचारमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगोरखाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...