विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट फिर्ता लिन अध्यक्ष घिसिङको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार

13
Share
Featured
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत खपतमा प्रस्ताव गरिएको ५% भ्याट तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
  • उनका अनुसार यो करले विद्युतीय चुलोको प्रयोग घटाई एलपी ग्यासमा निर्भरता बढाउन सक्छ, जसले ऊर्जा रूपान्तरणको लक्ष्यलाई असर गर्छ।
  • ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश सामान्य घरायसी उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्ने भएकाले निर्णय सच्याउन उनले आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत खपतमा लगाउन खोजेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गरेका छन्। मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि कर लगाउने निर्णय आम नागरिकको हित र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको उनको ठहर छ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउन प्रोत्साहन गर्नुपर्ने समयमा अतिरिक्त कर थपेर उपभोक्तालाई दण्डित गर्न खोजिएको टिप्पणी गरे। "यसले विद्युतीय चुलोको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउन सक्छ, जुन राष्ट्रिय ऊर्जा सुरक्षा र व्यापार घाटा न्यूनीकरणको लक्ष्यविपरीत छ," उनले भनेका छन्।

घिसिङले ५० युनिटभन्दा बढी खपत गर्नेहरू अधिकांश सामान्य घरायसी उपभोक्ता भएको उल्लेख गर्दै यो नीतिले भान्सा महँगो बनाउने र हरित अर्थतन्त्र निर्माणमा बाधा पुर्‍याउने बताए। उनले विद्युत महसुललाई न्यायोचित र उपभोक्तामैत्री बनाउनुको साटो नयाँ करको बोझ थप्नु गलत भएको भन्दै उक्त निर्णय सच्याउन सरकारसँग जोडदार माग गरेका छन्।


यो समाचारमा

उज्यालो नेपाल पार्टीकाठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...