राष्ट्रपति पौडेल भन्छन्- ' राज्य सत्ता र शक्तिको स्रोत नागरिक नै हुन् '

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार १२:०५

15
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताएका छन्।
  • उनले संघीयताले अधिकार गाउँगाउँसम्म पुर्‍याएको र सुशासन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको उल्लेख गरे।
  • राष्ट्रपतिले ढिलासुस्ती र बेथितिलाई गणतन्त्रका मुख्य शत्रु भन्दै सामाजिक न्यायसहित आर्थिक समृद्धिका लागि सबैलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै यसले राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको उल्लेख गरेका छन्। १९ औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता नै यो व्यवस्थाको महान उपलब्धि भएको बताए।

राष्ट्रपति पौडेलले संघीयताका कारण सिंहदरवारको अधिकार गाउँ-गाउँसम्म पुगेको र यसले नागरिकलाई आफ्नो भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व दिएको धारणा राखे। उनले हालै सम्पन्न निर्वाचनबाट बलियो जनादेशसहितको सरकार बनेको चर्चा गर्दै सरकारले सुशासन, सार्वजनिक सेवामा सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सम्बोधनका क्रममा उनले ढिलासुस्ती, अनियमितता र बेथिति नै गणतन्त्रका मुख्य शत्रु भएको टिप्पणी गरे। "जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन," उनले भने। राष्ट्रपतिले शासकीय शैली, राजनीतिक दल र नेताहरूको चरित्रलाई थप जनउत्तरदायी, निष्पक्ष र आचरणशील बनाउन ढिलो गर्न नहुने स्पष्ट पारे। उनले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि सुनिश्चित गर्न सबै पक्षलाई आह्वान समेत गरे।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँसिंहदरवार

ट्यागहरू

#रामचन्द्र पौडेल#सिंहदरबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू