गणतन्त्रको रक्षा भए मात्र जनताको अवस्था बदलिन्छ- पूर्वप्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

16
Share
Featured
  • नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सके मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन्।
  • उनले गणतन्त्रले नेपालीलाई ‘प्रजा’बाट ‘सार्वभौम नागरिक’मा रूपान्तरण गर्दै कानुनको शासन स्थापित गरेको दाबी गरे।
  • संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसमाथिको विश्वास जोगाउनु नै गणतन्त्र र भविष्यको सुरक्षा भएको ओलीको भनाइ छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सात दशक लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त यो व्यवस्थाको विकल्प नभएको उल्लेख गरे।

अध्यक्ष ओलीले गणतन्त्रले नेपाली समाजलाई 'प्रजा' बाट 'सार्वभौम नागरिक' मा रूपान्तरण गरेको बताउँदै यसले हुकुमबाट चल्ने प्रणालीलाई अन्त्य गरी कानुनको शासन स्थापना गरेको दाबी गरे। स्थानीय सरकार, समावेशी प्रतिनिधित्व, नागरिक स्वतन्त्रता र भौतिक विकासलाई उनले गणतन्त्रका मुख्य उपलब्धिका रूपमा चित्रण गरे।

परिवर्तनको गति सुस्त हुँदा जनतामा असन्तुष्टि हुनु स्वाभाविक भए पनि ती असन्तुष्टिलाई वैधानिक रूपमा सम्बोधन गर्न गणतान्त्रिक प्रणाली नै आवश्यक पर्ने उनको तर्क छ। ओलीले चेतावनी दिँदै भने, "जनताको निराशाबाट लाभ लिन संस्थाहरूमाथि अविश्वास रोप्ने प्रवृत्तिले अधिनायकवाद हुर्काउने जोखिम रहन्छ।" उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा गर्नु नै समग्रमा गणतन्त्रको रक्षा गर्नु भएको र यसले मात्र सबैको भविष्य सुरक्षित गर्ने बताए।


यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...