क्रोएसियामा दुर्घटनामा परेका दुई नेपालीको शव तत्काल स्वदेश ल्याउन सांसद राईको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

11
Share
Featured
  • नेपाली कांग्रेसका सांसद निश्कल राईले क्रोएसियामा मृत्यु भएका दुई नेपालीको शव २३ दिनसम्म पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
  • उनले दूतावासको सहजीकरण अभावलाई कूटनीतिक असफलता भन्दै पीडित परिवारले सबै प्रक्रिया पूरा गरिसकेको बताए।
  • राईले सरकारले थप ढिलाइ नगरी शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सांसद निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मे ६ मा भएको दुर्घटनामा इलामका उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको मृत्यु भएको जानकारी दिए।

सांसद राईले घटना भएको लामो समयसम्म शव ल्याउन नसक्नुलाई कूटनीतिक असफलताको संज्ञा दिए। क्रोएसियाको मामिला अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्ने गरेको उल्लेख गर्दै उनले पीडित परिवारले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि दूतावासबाट आवश्यक सहजीकरण नभएको गुनासो गरे।

"पीडित परिवारले सबै प्रक्रिया पूरा गरिसक्दा पनि दूतावासले सहजीकरण नगर्नु दुःखद छ," राईले भने, "सरकारले पीडितमाथि थप पीडा नथपी शव तत्काल स्वदेश ल्याउने प्रबन्ध मिलाओस्।" उनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नागरिकका विषयमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँनिश्कल राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...