गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने

Author

सजिलो पत्रिका

२०८३ जेठ ११, सोमबार

23
Share
Featured
  • गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन शाहले देशवासीलाई सम्बोधन नगर्ने भएका छन्।
  • उनले सम्बोधनको जिम्मा राष्ट्रपति रामचन्द्र पौडेललाई दिन आग्रह गर्दै पत्राचार गरेका छन्।
  • उनको निर्णयलाई परम्परा तोड्ने कदमका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा देशवासीलाई सम्बोधन नगर्ने भएका छन्। विगतमा गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक बालेनले उक्त परम्परा तोड्न लागेका हुन्।

प्रधानमन्त्री बालेनले आफ्नो सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन आग्रह गर्दै पत्राचार गरेका छन्। संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

निर्वाचन जितेयता सार्वजनिक रूपमा कुनै पनि अभिव्यक्ति नदिएका प्रधानमन्त्री बालेनले राष्ट्रिय दिवसको औपचारिक सम्बोधनबाट पनि टाढै रहने निर्णय गरेका हुन्। उनको यो कदमलाई कतिपयले परम्पराको क्रमभङ्गताका रूपमा हेरेका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)गणतन्त्र दिवसरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...