यार्सागुम्बा सङ्कलन गर्न गएका युवकको भिरबाट लडेर मृत्यु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

17
Share
Featured


गोरखामा यार्सागुम्बा सङ्कलन गर्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको बुधबार दुर्घटनामा मृत्यु भएको हो।

प्रकाश आफ्ना दाजुभाइसँग बुद्ध हिमालको फेद क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका थिए। सङ्कलन गरेर फर्कने क्रममा उनी भिरबाट लडेको बताइएको छ।

वडासदस्य विकास गुरुङका अनुसार उनी अघिअघि हिँडेका थिए तर साँझ बास बस्ने ठाउँमा नपुगेपछि खोजी गर्दा राति ग्ल्यासियर क्षेत्रमा उनको शव फेला परेको थियो।

उनको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको वडाले जनाएको छ।

यो समाचारमा

चुमनुब्री गाउँपालिकाकाठमाडौँगोरखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...