काठमाडौँ उपत्यकामा ट्राफिकको कडाइ: एकै दिन १,९२२ सवारी चालक कारबाहीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

17
Share
Featured


काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको सवारी जाँच अभियानका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ। सो कारबाहीबाट रु १९ लाख ७० हजारभन्दा बढी राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

जाँचका क्रममा मापसे, राइड सेयरिङ नियम उल्लङ्घन, रातो बत्ती, तीव्र गति, लेन क्रस, फुटपाथ प्रयोग, हर्न निषेध, एकतर्फी सडक उल्लङ्घन लगायतका कारण विभिन्न चालकलाई कारबाही गरिएको हो। ट्राफिक प्रहरीका अनुसार सबैभन्दा धेरै ९८६ जना अन्य नियम उल्लङ्घनमा परेका छन् भने ११८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने फेला परेका छन्।

त्यस्तै १९८ राइड सेयरिङ नियम उल्लङ्घन, १३१ तीव्र गति, १२६ रातो बत्ती, १०५ एकतर्फी सडक उल्लङ्घन, ९५ हर्न निषेध उल्लङ्घन, ९० फुटपाथ प्रयोग र ७३ लेन क्रस गर्ने चालकलाई पनि कारबाही गरिएको छ।

यसैबीच उपत्यकाको थली क्षेत्रमा गरिएको विशेष जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाइरहेका पाँच जना चालकलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमा दुई बस चालक, एक मिनीट्रक चालक, एक लाइट गाडी चालक र एक हात्ती भ्यान चालक रहेका छन्।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउनु कानुनविपरीत भएकाले यस्तो शङ्का लागेमा नजिकैको प्रहरी कार्यालय वा हटलाइन १०३ र १०० मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...