लामो दूरीका सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

19
Share
Featured
  • हवाई यात्राजस्तै बसमा पनि ट्याग: लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरूको झोला र सामान सुरक्षित राख्न जेठ १५ गतेदेखि अनिवार्य रूपमा 'लगेज ट्याग' प्रणाली लागू गरिँदैछ।

  • सामान साटिने र चोरी हुने समस्याको अन्त्य: बस काउन्टरबाट यात्रुको लगेजमा नम्बरसहितको ट्याग लगाइनेछ र सोही नम्बरको टिकट यात्रुलाई दिइनेछ। गन्तव्यमा पुगेपछि दुवै नम्बर भिडाएर मात्र सामान हस्तान्तरण गरिनेछ।

  • अवैध ओसारपसारमा रोक: रात्रीकालीन बस वा भीडभाडमा यात्रुको सामान चोरी हुने तथा सार्वजनिक बसको दुरुपयोग गरी अवैध सामान ओसारपसार गर्ने प्रवृत्तिमा यसले पूर्ण रोक लगाउने विश्वास ट्राफिक प्रहरीको छ।

  • डिजिटल प्रणालीको तयारी: प्रारम्भिक चरणमा म्यानुअल ट्यागबाट सुरु गरिए पनि आगामी दिनमा यसलाई क्यूआर कोड (QR Code) र डिजिटल रेकर्ड प्रणालीमा लैजाने योजना बनाइएको छ।

  • मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु: ट्राफिक प्रहरीले वर्षायाममा हुन सक्ने सडक दुर्घटना र पहिरोको जोखिमलाई मध्यनजर गर्दै 'मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३' को समेत सुरुवात गरेको छ, जसअन्तर्गत चालकको स्वास्थ्य र गाडीको कन्डिसन चेकजाँच गरिनेछ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ९ गते ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।

यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबिच औपचारिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ ।

यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको र चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग रोक्न यो प्रणाली ल्याइएको हो। आगामी दिनमा यसलाई प्रविधिमैत्री बनाउँदै क्यूआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्याससमेत सुरु गरिने योजना छ।

यसैबिच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजै वर्षायामलाई लक्षित गरी “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” को पनि शुभारम्भ गरेको छ। यसअन्तर्गत सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच तथा जोखिमयुक्त सडकको निगरानी गरिने कार्यालयले जनाएको छ ।

यो समाचारमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...