सगरमाथा र लोत्से आरोहण गर्ने महिला सशस्त्र प्रहरीलाई सम्मान

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

18
Share
Featured

काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले सगरमाथा (माउन्ट एभरेस्ट) र लोत्से हिमालको सफल आरोहण गर्ने दुई महिला प्रहरीलाई सम्मान गरेको छ । सहायक निरीक्षक निम दिकी शेर्पा र सहायक हवल्दार अनिता कार्कीले सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गर्दै संगठनको इतिहासमै पहिलो महिला आरोहीको कीर्तिमान बनाएका हुन् ।

हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूलाई सम्मान गर्दै सफल आरोहणले संगठन र राष्ट्रको गौरव बढाएको बताए । आरोहीहरूले हिमालको चुचुरोमा राष्ट्रिय झण्डा फहराउन पाउनु जीवनकै ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचारमा

काठमाडौँसगरमाथा (माउन्ट एभरेस्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...