बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

16
Share
Featured

काठमाडौँ

बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार अधिवेशन जेठ ११ गते दिउँसो १ बजे बस्नेछ। संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख गरिएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...