होल्डिङ सेन्टरको अवस्थाप्रति सांसदहरूको आक्रोश, सुकुमबासीका लागि आधारभूत सुविधा माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

14
Share
Featured
  • सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीको अवस्था अमानवीय रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
  • होल्डिङ सेन्टरमा स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा र सरसफाइजस्ता आधारभूत सुविधाको अभाव रहेको दाबी गरिएको छ।
  • वैकल्पिक पुनर्स्थापनाविना बस्ती हटाइएको भन्दै सांसदहरूले दीर्घकालीन समाधान र व्यवस्थित बसोबासको माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले काठमाडौँका सुकुमबासी बस्तीबाट विस्थापित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा सांसदहरूले अनुगमनका क्रममा देखिएका अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

नागार्जुनको इचङ्गुस्थित होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूले विस्थापित नागरिकलाई पर्याप्त आधारभूत सुविधा उपलब्ध नगराइएको बताएका छन्। वैकल्पिक पुनर्स्थापनाविना बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा शुद्ध खानेपानी, लत्ताकपडा, खाद्यान्न तथा सरसफाइको अभाव रहेको उल्लेख गरेका छन्। केही सांसदहरूले विस्थापित नागरिक ढल मिसिएको पानी पिउन बाध्य भएको दाबी गर्दै यसलाई गम्भीर मानवीय समस्या बताएका छन्।

सांसदहरूले सुकुमबासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले भूमिहीन नागरिकको पहिचान, उचित पुनर्स्थापना र न्यूनतम मानव बसोबास मापदण्डअनुसार व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...