फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु, उद्धारपछि अस्पतालमा मृत घोषणा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

16
Share
Featured

काठमाडौँ

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–११ काहुँखोला निवासी करिब २७ वर्षीय रिवाज गुरुङको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाको गोताखोर टोलीले रातभर खोजी तथा उद्धार गरेको थियो। उनीहरूलाई फेवातालबाट अचेत अवस्थामा निकालेर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँपोखरा महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...