मलेसियाविरुद्धको पहिलो टी-२० मा नेपालको जित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

16
Share
Featured
  • नेपालले मलेसियाविरुद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा २ विकेटको कठिन जित निकाल्दै दुई खेलको शृङ्खलामा १-० को अग्रता बनायो।
  • ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्दा सम्झना खड्काले ३२ र रुवि पोदारले १५ रन बनाइन्।
  • मलेसियालाई ६७ रनमै समेट्न पुजा महतोले ३ तथा मनिषा उपाध्याय र रिया शर्माले समान २-२ विकेट लिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा २ विकेटको कठिन जित हात पारेको छ। क्वालालम्पुरमा बुधबार भएको खेलमा ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गर्‍यो।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३२ रनको धैर्यपूर्ण इनिङ खेलिन् भने रुवि पोदारले १५ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंक छुन नसक्दा नेपालले जितका लागि अन्तिमसम्म संघर्ष गर्नुपरेको थियो। मलेसियाका लागि नुर कवाल्शाले ३ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६.५ ओभरमा ६७ रनमै समेटिएको थियो। नेपालका लागि पुजा महतोले ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले समान २-२ विकेट लिए। यो जितसँगै दुई खेलको शृङ्खलामा नेपालले १-० को अग्रता लिएको छ। शृङ्खलाको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।

यो समाचारमा

क्वालालम्पुरमलेसियाकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...