हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

22
Share
Featured
  • हुम्लाको दुर्गम चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति भीषण असिनापानी परेपछि अचानक पहिरो खसेको हो।
  • पहिरोले स्थानीय डाँफेस्थित आधारभूत विद्यालयको भवन, ठुलो मात्रामा खेतीयोग्य जग्गा र स्थानीयका पशु गोठहरू पुरेको छ।
  • चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङको गोठ पहिरोमा पुरिँदा त्यहाँ बाँधिएका भेडाबाख्राहरू समेत च्यापिएर क्षति भएको छ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर खड्काका अनुसार भौतिक तथा पशु चौपायाको क्षतिको यकिन विवरण लिन प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइसकेको छ।
  • भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्र पिप्लाङबाट पहिरो प्रभावित नेप्का गाउँ पुग्नै करिब ५ घण्टाको पैदल यात्रा गर्नुपर्ने भएकाले विस्तृत विवरण आउन समय लाग्ने देखिएको छ।
समाचार सारांशGenerated using AI.

अदानचुली (हुम्ला), ६ जेठ I

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पु¥याएको चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनुभयो ।

चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । उहाँले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताउनुभयो ।

हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...