पद नछोड्दा दलहरूको एकता प्रक्रिया रोकियो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

17
Share
Featured
  • मधेसकेन्द्रित दलहरूबीच प्रस्तावित एकता प्रक्रिया अध्यक्षहरूले पद नछाडेपछि तत्कालका लागि रोकिएको छ ।
  • एकता खाकामा नेतृत्व छोड्ने शर्त भए पनि सहमति नजुट्दा प्रक्रिया अवरुद्ध भएको हो ।
  • यसबीच जसपा नेपाल र लोसपा नेपालबीच एकता भइसकेको छ भने अन्य दलहरूबीच संवाद पनि रोकिएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेसकेन्द्रित दलहरूबीच प्रस्ताव गरिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको छ । एकताको आधारका रूपमा तयार गरिएको खाकामा सबै दलका अध्यक्षहरूले आफ्नो पद छाड्नुपर्ने प्रावधान भए पनि अध्यक्षहरू पद त्याग गर्न तयार नभएपछि प्रक्रिया अघि नबढेको हो ।

यसअघि सङ्घीय लोकतान्त्रिक मोर्चाले मोर्चा भङ्ग गर्दै दल एकता गर्ने निर्णय गरेको थियो । तर, नेतृत्व हस्तान्तरणमा सहमति नजुटेपछि एकता प्रक्रिया अवरुद्ध भएको नेताहरूले बताएका छन् । यसबीच नागरिक उन्मुक्ति पार्टी मोर्चाबाट अलग भइसकेको छ भने जनता समाजवादी पार्टी, नेपाललोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीच भने एकता सम्पन्न भएको छ ।

दलभित्रै नेतृत्व परिवर्तनको माग पनि उठेको छ । केही नेताहरूले पुराना अध्यक्षहरू पद नछाडेसम्म नयाँ पुस्ता अगाडि आउन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् । हाल अन्य दलहरूबीचको एकता सम्बन्धी संवाद पनि रोकिएको बताइएको छ ।

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालनागरिक उन्मुक्ति पार्टीलोकतान्त्रिक समाजवादी पार्टी, नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...