चाँगुनारायण नगरलाई देशकै पहिलो ‘योग नगर’ घोषणा गरिँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार ११:५८

23
Share
Featured
  • चाँगुनारायण नगरपालिकाले जेठ ८–१० गते कार्यक्रम गरी आफूलाई देशकै पहिलो ‘योग नगर’ घोषणा गर्ने तयारी गरेको छ ।
  • नगर प्रमुख जीवन खत्री का अनुसार योग शिविर, ध्यान कार्यक्रम र योग स्मारिका सार्वजनिक गरिनेछ ।
  • नगरपालिकाले विद्यालय, वडास्तर र समुदायमा योग शिक्षा विस्तार गर्ने तथा योग केन्द्र र प्रशिक्षक उत्पादन गर्ने योजना बनाएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चाँगुनारायण नगरपालिकाले आफूलाई देशकै पहिलो ‘योग नगर’ घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै यही जेठ ८, ९ र १० गते तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरी ‘योग नगर’ घोषणा गरिने जानकारी दिएको हो ।

नगर प्रमुख जीवन खत्री का अनुसार खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गरिनेछ । अन्तिम दिन विशेष समारोह आयोजना गरी ‘चाँगु योग ज्योति सन्देश स्मारिका’ सार्वजनिक गरिने र बागमती प्रदेशका मुख्यमन्त्रीमार्फत औपचारिक रूपमा योग नगर घोषणा गरिनेछ ।

नगरपालिकाले योग नगर अभियानअन्तर्गत प्रत्येक वडामा योग प्रशिक्षण, विद्यालयहरूमा योग शिक्षा, तथा समुदायस्तरमा नियमित योग शिविर सञ्चालन गर्ने योजना बनाएको छ । साथै, योग पार्क र ध्यान केन्द्र स्थापना, योग प्रशिक्षक उत्पादन तथा आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्ने कार्यक्रम पनि अघि सारिएको छ ।

नगर प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले ‘पहिलो सुख निरोगी काया’ भन्ने नारासहित यो अभियानले नगरवासीमा उत्साह थपेको बताउनुभएको छ । त्यस्तै, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले यो पहल देशकै पहिलो योग नगरपालिका हुने भएकाले यसको अभियानलाई देशभर विस्तार गर्न सकिने धारणा राख्नुभएको छ ।

यो समाचारमा

बागमती प्रदेशचाँगुनारायण नगरपालिकाकाठमाडौँ

ट्यागहरू

#नेपाल विद्युत् प्राधिकरण#बागमती प्रदेश#चाँगुनारायण नगरपालिका#स्वास्थ्य मन्त्रालय#पत्रकार सम्मेलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    sajilo patrika

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    किओच काठमाडौं बाल अस्पतालको नयाँ भवन हस्तान्तरण

    ‘डाक्टर’ उपाधि हटाउन मेडिकल काउन्सिलको १५ दिनको अल्टिमेटम

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू