सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

30
Share
Featured

        • जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले वैशाख महिनामा मात्रै रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
        • नियम उल्लङ्घन गर्ने कुल ५ हजार २६३ वटा सवारीसाधनका चालकहरू कारबाहीको दायरामा आएका छन्।
        • वैशाख महिनामा कास्कीमा २२ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी ५ जनाको मृत्यु र २६ जना घाइते भएका छन्।
        • दुर्घटनाका मुख्य कारणहरूमा तीव्र गति (१२ वटा), अनुमतिपत्र (लाइसेन्स) नभएका चालक (५ वटा) र मादक पदार्थ सेवन (३ वटा) रहेका छन्।
        • दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा मापसे, लापसे र तीव्र गति विरुद्धको चेकिङलाई तीव्र पारेका छन्।
        • सवारी जाँचका क्रममा नागरिकसँग गरिने व्यवहार र सुरक्षा सावधानी सुधार्न 'नमुना जाँच कार्यक्रम' समेत सञ्चालन भइरहेको छ।
        समाचार सारांशGenerated using AI.

        गण्डकी प्रदेश, ५ जेठ I

        जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

        यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।

        दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए । बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उहाँको भनाइ छ । चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ । “मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ”, प्रहरी निरीक्षक देवकोटाले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन जाँच गर्दै आएको छ ।”

        सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो ।

        यो समाचारमा

        गण्डकी प्रदेशकास्की

        यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

          कुल मतदान: 0

          सम्बन्धित समाचार

          sajilo patrika

          देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

          काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

          Data is loading...

          Loading brands...

          Loading footer...