मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण खर्च रोजगारदाताकै दायित्व : मलेसियाली दूतावास

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार १३:३२

14
Share
Featured

काठमाडौँ

काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण (बायोमेडिकल सिस्टम) बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ ।

दूतावासले सोमबार सार्वजनिक सूचना जारी गर्दै सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताअनुसार भर्ना, रोजगारी र फिर्ती प्रक्रियासम्बन्धी व्यवस्थालाई स्मरण गराएको हो । सो सम्झौतामा स्वास्थ्य परीक्षणलगायतका खर्च रोजगारदाताकै जिम्मेवारी हुने उल्लेख रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बायोमेडिकल प्रणालीअन्तर्गत ३६ वटा स्वास्थ्य केन्द्र तोकिएको छ भने मलेसिया सरकारले ‘सर्भिस चार्ज’ बापत ३ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । उक्त प्रणालीको व्यवस्थापन, शुल्क संकलन र वैधानिक रूपमा रकम पठाउने जिम्मा ‘म्याक्रो टेक प्रालि’ र ‘बेस्टिनेट एसडीएन बीएचडी’ लाई दिइएको पनि स्पष्ट गरिएको छ ।

यो समाचारमा

नेपालमलेसियाकाठमाडौँ

ट्यागहरू

#नेपाल#मलेसिया#स्वास्थ्य परीक्षण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू