निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरेको महासचिव घिमिरेको आरोप

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

8
Share
Featured

काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले निर्माण व्यवसायीमाथि अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाउने क्रममा घिमिरेले सरकारी निकायले निर्माण व्यवसायीलाई काम गर्न दबाब दिँदै बैंक ग्यारेन्टी तान्ने चेतावनी दिने गरेको बताएका हुन् । उनले मूल्यवृद्धिअनुसार मूल्य समायोजन नभएसम्म निर्माण कार्य अघि बढाउन नसकिने अवस्था रहेको स्पष्ट पारे ।

महासचिव घिमिरेका अनुसार बजार मूल्यवृद्धि, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सलगायतका विषय तत्काल सम्बोधन हुनुपर्ने माग व्यवसायीहरूको छ । सरकारले वार्तामा मूल्य समायोजन गर्ने आश्वासन दिए पनि स्पष्ट निर्णय नआएको उनको गुनासो छ ।

उनले देशभरका निर्माण व्यवसायीहरूले ७७ वटै जिल्ला र सातै प्रदेशमा ज्ञापनपत्र बुझाउने अभियान सञ्चालन गरिरहेको जानकारी पनि दिएका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

    काठमाडौँ, ९ असारःराष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ ।मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा

    Data is loading...

    Loading brands...

    Loading footer...