ओली निवास गुण्डुमा एमालेको बैठक: महाधिवेशनपछिको कार्यविभाजन टुङ्ग्याइँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

18
Share
Featured

            • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा बस्दैछ।
            • जेठ २ गतेका लागि तय भएको यो बैठक आन्तरिक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो।
            • ११औँ महाधिवेशनपछि नेता तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठकमा जिम्मेवारी बाँडफाँट मुख्य एजेन्डा रहनेछ।
            • एमालेले प्रत्येक केन्द्रीय सदस्यलाई पालिकास्तरको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनका लागि ग्राउन्ड लेभलमा खटाउने विशेष तयारी गरेको छ।
            • बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय कमिटीको आगामी बैठकको मिति समेत तय गर्नेछ।
            समाचार सारांशGenerated using AI.

            काठमाडौँ, ०४ जेठ ।

            नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

            अध्यक्षखड्गप्रसाद शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।

            यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ । आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।

            यो समाचारमा

            खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँभक्तपुर

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

              काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

              Data is loading...

              Loading brands...

              Loading footer...