संविधान संशोधनबारे जेनजी अगुवाहरूसँग गगन थापाले आज छलफल गर्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

19
Share
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले आज सानेपामा जेनजी अगुवाहरूसँग संविधान संशोधनबारे विशेष छलफल गर्दैछन्।
  • कार्यक्रममा १८ जना जेनजी प्रतिनिधि तथा संविधानविद् तेजमान श्रेष्ठ र डा. खनाललगायत विज्ञहरूको सहभागिता रहनेछ।
  • यसअघि सरकारी कार्यदलको छलफल बहिष्कार गरेका जेनजी समूहसँग प्रत्यक्ष संवाद गर्न कांग्रेसले छुट्टै पहल अघि बढाएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान संशोधनका विषयमा आज 'जेनजी' (Gen Z) अगुवाहरूसँग विशेष छलफल गर्दैछन्। कांग्रेसको 'संविधान संशोधन अध्ययन तथा सुझाव समिति' ले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

छलफलका लागि १८ जना जेनजी अगुवाहरूलाई औपचारिक पत्र पठाएर आमन्त्रण गरिएको छ। कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ र प्राध्यापक डा. खनाल लगायतका विज्ञहरूको पनि सहभागिता रहनेछ। सरकारले संविधान संशोधनको बहस पत्र तयार पारिरहँदा कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर सुझाव संकलन गरिरहेको छ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको सरकारी कार्यदलले बोलाएको छलफललाई जेनजी अगुवाहरूले बहिष्कार गरेका थिए। सोही पृष्ठभूमिमा कांग्रेसले उनीहरूसँग प्रत्यक्ष संवाद गर्न लागेको हो। कांग्रेसको विज्ञ समितिले यसअघि नै दुई चरणमा संविधानविद्हरूसँग राय सङ्कलन गरिसकेको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापाबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...