सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, महालेखापरीक्षकको प्रतिवेदनमा प्रश्न

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

31
Share
Featured
  • सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँका अत्याधुनिक उपकरण जनशक्ति र व्यवस्थापन अभावका कारण लामो समयदेखि प्रयोगविहीन रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।
  • राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सीटी स्क्यान, भेन्टिलेटर, एमआरआईलगायत उपकरण थन्किएर राज्यको ठूलो लगानी खेर गएको छ।
  • महालेखापरीक्षकले उपकरणको प्रभावकारी उपयोग, अनुगमन र व्यवस्थापन सुधार गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारी स्वास्थ्य संस्थाहरूमा ठूलो रकम खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा गोदाममै थन्किएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनमा यस्तो अवस्था उजागर गरिएको हो।

प्रतिवेदनअनुसार सरकारी स्वास्थ्य निकायहरूमा करिब रु ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका उपकरण सञ्चालनमा नआएको पाइएको छ। आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापन अभावका कारण महँगो उपकरण प्रयोग हुन नसक्दा राज्यको लगानी खेर गइरहेको प्रतिवेदनले औँल्याएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा क्याथल्याब मेसिन, सिटी स्क्यान सिस्टम, भेन्टिलेटर र सी–आर्म मेसिनलगायत उपकरण वर्षौंदेखि प्रयोगविहीन छन्। त्यस्तै, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा एक्स–रे मेसिन, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन र अन्य उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन्।

सिंहदरबार वैद्यखाना विकास समितिमा समेत उत्पादन र प्रयोगसँग सम्बन्धित थुप्रै मेसिन थन्किएका छन्। नेपाल प्रहरी अस्पतालमा रहेका सीटी स्क्यान र एमआरआई मेसिनसमेत पूर्ण रूपमा उपयोगमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य सेवा विभागले खरिद गरेका वेट स्केल र अन्य उपकरण पनि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। यस्तै, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टेलिथेरापी मेसिन चार वर्षदेखि बन्द अवस्थामा रहेको र त्यसले विकिरण जोखिम बढाएको पनि प्रतिवेदनले जनाएको छ।

महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्ता उपकरणको प्रभावकारी उपयोग सुनिश्चित गर्न, नियमित अनुगमन गर्न र समग्र व्यवस्थापन प्रणाली सुधार गर्न सुझाव दिएको छ।

यो समाचारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...