परराष्ट्रमन्त्रीको विश्व समुदायसँग नेपालसहित अल्पविकसित देशलाई सहयोग गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

24
Share
Featured
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसहित अल्पविकसित देशहरूलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन्।
  • उनले ऊर्जा र आपूर्ति प्रणालीमा आएको अवरोधले गरिबी निवारण र दिगो विकास लक्ष्यमा चुनौती थपिएको बताएका छन्।
  • मन्त्री खनालले जलवायु संकट प्रभावित देशका लागि वित्तीय सहायता, ऋण राहत र नवीकरणीय ऊर्जामा लगानी बढाउन जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले विश्व समुदायलाई नेपालसहित अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूलाई विशेष सहयोग गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले विश्वव्यापी ऊर्जा तथा आपूर्ति प्रणालीमा आएको अवरोधले गरिबी निवारण र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती सिर्जना गरेको बताए।

मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण जोखिममा परेका देशहरूलाई अन्तर्राष्ट्रिय समुदायले प्राथमिकताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए। उनले शान्ति, स्थिरता र सहअस्तित्वका लागि कूटनीतिक संवाद अपरिहार्य रहेको पनि उल्लेख गरे।

त्यसैगरी, उनले उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै कमजोर अर्थतन्त्र भएका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहायता, आपतकालीन सहयोग तथा ऋण राहत उपलब्ध गराउन आग्रह गरे।

यो समाचारमा

शिशिर खनालनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...