अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

27
Share
Featured
  • कृषि मन्त्रालयले अनुदानमा उपलब्ध रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
  • मल आयातकर्ता र डिलरलाई तोकिएको गुणस्तर र मापदण्डअनुसार मात्र कारोबार गर्न निर्देशन दिइएको छ।
  • किसानलाई सरकारी तथा विश्वसनीय डिलरबाट मात्र मल खरिद गर्न र गुणस्तरबारे सुनिश्चित गरेर किन्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूलाई रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित ‘स्पेसिफिकेसन’ अनुसार मात्र कारोबार गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार आदेशको प्रावधानविपरीत गलत विवरण वा लेबल राखी मलको पैठारी, मिश्रण तथा बिक्री–वितरण गर्न पाइँदैन। कृषि अर्थ विज्ञ महानन्द जोशीले अनुदानमा उपलब्ध मलको दुरुपयोग वा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

मन्त्रालयले रासायनिक मलको गुणस्तर, पोषक तत्वको मात्रा तथा भौतिक–रासायनिक मापदण्ड पूरा भएका मल मात्र आयात र बिक्री गर्न पाइने व्यवस्था रहेको जनाएको छ। साथै, किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन तथा दर्ता भएका विश्वसनीय डिलरमार्फत मात्र मल खरिद गर्न आग्रह गरिएको छ।

त्यसैगरी, बजारमा उपलब्ध मलको मूल्य, स्रोत र गुणस्तरबारे विक्रेतासँग आवश्यक जानकारी लिएर मात्र खरिद गर्न पनि मन्त्रालयले किसानलाई आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...