राज्यव्यवस्था समितिद्वारा बनेपा सुकुमबासी होल्डिङ सेन्टर अनुगमन गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

23
Share
Featured
  • राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ।
  • अनुगमनको मिति तय नभए पनि सुकुमबासी परिवारको अवस्था बुझ्न सल्लाहपछि टोली जाने बताइएको छ।
  • मन्त्रालयहरूले विस्थापित सुकुमबासीलाई अन्याय नपरेको र वैकल्पिक व्यवस्थापन गरिएको दाबी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेपलान्चोकको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समिति बैठकले उक्त निर्णय गरेको भए पनि अनुगमनको मिति भने तय गरिएको छैन।

समितिका सहसचिव कान्छा दुलालका अनुसार बनेपामा राखिएका सुकुमबासी परिवारको अवस्था बुझ्न अनुगमन गर्ने निर्णय भए पनि समय र मिति परामर्शपछि तय गरिनेछ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूले सुकुमबासी बस्तीमा गरिएको डोजर कारबाहीबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।

सहरी विकास मन्त्रीले विस्थापित गरिएका नागरिकलाई अन्याय नपरेको दाबी गर्दै प्रभावित परिवारलाई व्यवस्थापन गर्ने कार्य प्राथमिकतामा रहेको बताए। उनले बच्चा, वृद्ध, सुत्केरी तथा अपाङ्ग व्यक्तिहरूको व्यवस्थापनमा सरकार संवेदनशील रहेको उल्लेख गरे।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था मन्त्रालयकी मन्त्रीले पनि हटाइएका बस्तीका नागरिकलाई वैकल्पिक व्यवस्थापन गरिएको र विद्यार्थीहरूको पढाइ प्रभावित हुन नदिइएको स्पष्ट पारिन्।

यो समाचारमा

बनेपाकाभ्रेपलान्चोककाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...