अर्थमन्त्री वाग्ले भन्छन् : सांसदहरू नीतिगत बहसभन्दा बजेट माग्न केन्द्रित

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरू नीतिगत बहसभन्दा पनि साना–साना आयोजना माग्न बजेट लिएर आउने प्रवृत्ति बढेको बताएका छन्। मंगलबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले सांसदहरू सडक, खानेपानी र सिँचाइ जस्ता स्थानीय प्रकृतिका योजनाका लागि बजेट माग्न आउने गरेको बताए।

अर्थमन्त्री वाग्लेले कुनै पनि आयोजना सिधै अर्थ मन्त्रालयले प्रविष्ट नगर्ने स्पष्ट पार्दै सम्बन्धित विषयगत मन्त्रालयमार्फत आएका योजनामात्र अन्तिम स्वीकृतिको प्रक्रियामा जाने व्यवस्था रहेको जानकारी दिए। उनका अनुसार सडक, खानेपानीजस्ता आयोजना क्रमशः सम्बन्धित मन्त्रालयबाटै अघि बढ्नुपर्ने अभ्यास लागू गरिएको छ।

उनले संघीय बजेट ठूला नीतिगत प्राथमिकता, आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारसँग मेल खाने योजनामा केन्द्रित हुनुपर्नेमा जोड दिए। साना र स्थानीय स्तरका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन हुनुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले सांसदहरू आफूलाई व्यक्तिगत तथा समूहगत रूपमा भेट्न आउने गरेको उल्लेख गर्दै धेरैजसोले निर्वाचन क्षेत्रका साना योजनाका लागि बजेट माग्ने गरेको बताए। उनले सरकार उपलब्ध स्रोत र नीतिगत प्राथमिकताका आधारमा उचित मागहरूलाई समेट्ने प्रयास गरिरहेको जानकारी दिए।

उनका अनुसार बजेट निर्माण प्रक्रिया जेठ १५ गतेसम्म चल्नेछ। वर्तमान सरकारले बजेट प्रक्रिया सुरु भइसकेपछि मात्र जिम्मेवारी सम्हालेकाले तयारीका लागि समय सीमित भए पनि सांसदका चासोलाई सकेसम्म सम्बोधन गर्ने प्रयास भइरहेको उनले स्पष्ट पारे।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...