आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

26
Share
Featured

काठमाडौँ, २९ वैशाख

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।

कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४१.७० अङ्क अर्थात १.५५ प्रतिशतले बढेर २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि राम्रो उछाल आएको छ। दिनभरमा ३४३ वटा कम्पनीको १ करोड २२ लाख

    Data is loading...

    Loading brands...

    Loading footer...