महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

21
Share
Featured

इनरुवा (सुनसरी),२९ वैशाख

इनरुवामा जारी प्रथम कोसीटप्पु खुलामहिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरी फाइनलको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १८-१७ अङ्कले हराउँदै नेपाल प्रहरी फाइनलमा प्रवेशको आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिनुभयो । खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण हुनुभएको थियो ।

त्यसैगरी, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशलाई २५ का विरुद्ध ३३ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको राष्ट्रिय कबड्डीका अन्तरराष्ट्रिय रेफरी तथा अयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले बताउनुभयो । आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी म्याच भएकी कर्णलाई सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा समूहलाई रु २५/२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचारमा

कबड्डीकोशी प्रदेशसुनसरीनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...