वर्षे अधिवेशनको पहिलो बैठकमै सरकारविरुद्ध संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

22
Share
Featured

काठमाडौँ

आजदेखि सुरु हुने वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारी गरेका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।

विपक्षी दलहरूले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सरकारले ल्याएका अन्य अध्यादेश तथा सुकुमबासी व्यवस्थापनको विषयलाई लिएर सरकारको कार्यशैलीको विरोध गर्ने तयारी गरेका हुन्। विपक्षी नेताहरूका अनुसार यी विषयमा संयुक्त रूपमा आवाज उठाउने सहमति बनेको छ।

प्रतिवादको विषयमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपाका नेताहरूबीच समान धारणा रहेको बताइएको छ। एक विपक्षी सांसदका अनुसार सदनको कारबाही सुरु हुनासाथ सरकारविरुद्ध सशक्त प्रतिवाद गरिनेछ।

यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने विपक्षी दलहरूको तयारी रहेको जनाइएको छ।

सोमबार संसद्का लगातार तीन वटा बैठक बोलाइएको छ। राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...