सरकारी कार्यालय सुधारका लागि देशभर ‘सरसफाइ सप्ताह’ सुरु हुने ।

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

28
Share
Featured
  • सरकारले वैशाख २८ देखि जेठ १ सम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ।
  • अभियानको उद्देश्य सरकारी कार्यालयहरूलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउँदै सेवा प्रवाह सुधार गर्नु हो।
  • कार्यालय सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार र नियमित अनुगमनका लागि कडा मापदण्ड लागू गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।

यहि वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने यो अभियान देशभरका सरकारी निकाय तथा कार्यालयहरूमा लागू हुनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ।

अभियानको औपचारिक शुभारम्भ वैशाख २८ गते बिहान ८:३० बजे काठमाडौँस्थित वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा गरिनेछ।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी कार्यालयहरूमा न्यून लागतमा अधिकतम प्रतिफल दिने गरी सरसफाइ मापदण्ड लागू गरिनेछ। कार्यालयभित्र नियमित सफाइ, फोहोर व्यवस्थापन तथा स्वच्छ कार्य वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ।

मार्गदर्शनअनुसार सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट राखिने, कार्यालय परिसर र शौचालयलाई स्वच्छ र व्यवस्थित बनाइने तथा महिलामैत्री र अपाङ्गतामैत्री सुविधाहरू विस्तार गरिनेछ। साथै कुहिने र नकुहिने फोहोर छुट्याउने व्यवस्था अनिवार्य गरिएको छ।

त्यस्तै कार्यालय वरिपरिको क्षेत्र सफा राख्ने, अनावश्यक सामग्री हटाउने, हेल्प डेस्कमार्फत सेवा प्रवाह व्यवस्थित गर्ने तथा खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ।

सरकारले यो अभियानलाई दिगो बनाउन प्रत्येक कार्यालयमा सरसफाइ सम्पर्क व्यक्ति तोक्ने, नियमित कार्ययोजना बनाउने र मासिक रूपमा मूल्यांकन गर्ने व्यवस्था समेत गरेको छ। अभियानको कार्यान्वयन र अनुगमन सम्बन्धित कार्यालय प्रमुखले गर्ने जनाइएको छ।

यो कार्यक्रम संघीय, प्रादेशिक तथा स्थानीय तहका सरकारी कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थाहरूमा पनि लागू गरिनेछ।

यो समाचारमा

काठमाडौँनिशा मेहता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...