एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन, सरकारको कार्यशैलीप्रति कडा आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार १८:१६

20
Share
Featured
  • नेकपा एमालेले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्दै दलको संगठनात्मक संरचना पूर्ण गरेको छ।
  • बैठकले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै संसद् उपेक्षा गरी अध्यादेशमार्फत शासन चलाउने प्रयास अलोकतान्त्रिक भएको आरोप लगाएको छ।
  • सुकुमबासी व्यवस्थापनका नाममा ‘डोजर आतङ्क’ भएको भन्दै एमालेले आगामी बजेट अधिवेशनमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ। शनिबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले दलको संगठनात्मक संरचनालाई पूर्णता दिँदै आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित बोर्ड गठन गरेको हो।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नयाँ संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक तथा राष्ट्रिय सभाका सचेतकसहित ६ जना पदाधिकारी रहनेछन्। बाँकी सदस्यहरूमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न समितिका संयोजकहरू समावेश हुने गरी संरचना तयार गरिएको छ।

बैठकमा सरकारको पछिल्लो कार्यशैलीप्रति पनि आपत्ति जनाइएको छ। प्रमुख सचेतक महरले सरकारले संसद्लाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रयास अलोकतान्त्रिक भएको टिप्पणी गरे। उनले अध्यादेशबाट लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने कार्यको एमालेले सशक्त प्रतिवाद गर्ने बताए।

त्यस्तै बैठकमा सुकुमबासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतङ्क’ सिर्जना गरेको र मानव अधिकार उल्लङ्घन भएको विषयमा पनि छलफल भएको छ। राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै एमालेले यो विषयलाई आगामी संसद् बैठकमा उठाउने निर्णय गरेको छ।

आगामी बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ। सदनको कार्यप्रवाह सरकारको व्यवहारमा निर्भर रहने भन्दै एमालेले जनसरोकारका विषयमा आक्रामक रूपमा प्रस्तुत हुने संकेत दिएको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवारनेपाल कम्युनिष्ट पार्टी (एमाले)

ट्यागहरू

#सुकुमबासी बस्ती#नेकपा एमाले#सुकुमबासी#सिंहदरबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू