अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

18
Share
Featured

काठमाडौँ– एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लोमुलपानी क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो । अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले । उनले १०७ बल खेल्ने क्रममा १० चौका र ५ छक्कासहित ११६ रन बनाए ।

त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले ९, कप्तान मोनाङ्क पटेलले २०, सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले ७, शुभम रञ्जनेले १६, सञ्जय कृष्णमुर्तीले १५ तथा शेहान जयसूर्याले ७ रन बनाए । 

बलिङतर्फ नेपाल ‘ए’ का लागि पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एक एक विकेट लिए । अहिले नेपाल ‘ए’ले जबाफी ब्याटिङ गरिरहेको छ ।

यो समाचारमा

काठमाडौँमुलपानी क्रिकेट रंगशालानेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...