सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

17
Share
Featured

जलेश्वर– भारत सँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सीमा नाका जाँचमा कडाइ गरेपछि तस्करी नियन्त्रणमा आएको छ । 

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रमा जाँमा कडाइ गरेपछि तस्करी नियन्त्रण भएको भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए ।

संगठित तस्करी नरोकिएको जनगुनासो बढेपछि प्रहरीले सीमावर्ती मटिहानी, पर्सापतैली, बिसनपुर, मसुरपट्टी, धबौली, मलिवारा, नैन्ही, हलखोरी, बथनाहा, मरुवाही, सकरी, कट्टी कटैया, सङ्ग्रामपुर, सम्सी, रघुनाथपुर, खैरबन्नीलगायत भारतीय सीमा क्षेत्रमा सक्रियता बढाएको छ । प्रहरीले तस्करी रोकेपछि भारतको सीतामढी र मधुबनी जिल्लाका प्रहरीले ती नाकामा कडा निगरानी गर्न थालेका भन्सार कार्यालयले जनाएको छ । 

.यसैबीच, सीमा नाकामा तस्करी रोकिएपछि नेपाली बजारमा उपभोग्य वस्तुको बिक्रीवितरण बढ्नुका साथै मूल्य आकासिँएको स्थानीय बताउँछन् । साथै नाकामा कडाइ गरिएपछि सरसामान किनमेल गर्न सीमापारी (भारतीय बजार) जाने क्रम घट्न थालेको स्थानीय व्यापारी बताउँछन् ।

यसअघि भारतीय बजार मूल्यको हाराहारीमा सामान पाइने यहाँका बजारमा अहिले १५ देखि १७ प्रतिशतले दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । सीमा नाकामा प्रहरीद्वारा गरिएको कडाइले महँगी बढ्नुका साथै बजारमा उपभोग्य वस्तुको अभाव देखिन थालेको व्यापारीको भनाइ छ ।

चोरी पैठारी नियन्त्रणको क्रममा सशस्त्र प्रहरीले गत चैत १३ गतेदेखि हालसम्म गरिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । सीमा नाकामा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको २४ घण्टे गस्ती र कडा निगरानी बढाएको सुरक्षा निकायले जनाएका छन् ।

यो समाचारमा

महोत्तरीभारतसशस्त्र प्रहरी बलनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    काठमाडौँ।गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले

    Data is loading...

    Loading brands...

    Loading footer...