इजरायली राजदूत र ज्ञानेन्द्र शाहीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ता बिहीबार सिंहदरबारमा सम्पन्न भएको हो।

भेटका क्रममा नेपालइजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, श्रम तथा रोजगारीका अवसर र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।

शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै नेपाल–इजरायल सम्बन्धलाई पारस्परिक सम्मान र विश्वासका आधारमा थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।

छलफलमा इजरायलमा कार्यरत नेपालीहरूको सुरक्षा, रोजगारी प्रक्रियामा रहेका ढिलाइ र त्यसलाई छिटो समाधान गर्नुपर्ने विषयमा पनि चासो व्यक्त गरिएको थियो। साथै कृषि, सूचना प्रविधि, सीप विकास, प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत सकारात्मक छलफल भएको जनाइएको छ।

यो समाचारमा

इजरायलकाठमाडौँनेपालज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...