निजामती र स्वास्थ्य सेवाका ट्रेड युनियन खारेज

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

13
Share
Featured

काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको छ। विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै हालै जारी गरिएको अध्यादेशको आधारमा यस्तो कदम चालिएको जनाएको हो।

निजामती सेवा ऐन, २०४९ (संशोधित) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (संशोधित) अन्तर्गत दर्ता भई सञ्चालनमा रहेका सबै राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिएका छन्। अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ लाई कानुनी आधार मानेर यो निर्णय गरिएको हो।

यस निर्णयसँगै लामो समयदेखि कर्मचारी राजनीतिमा सक्रिय रहेका विभिन्न निजामती र स्वास्थ्यकर्मी युनियनहरूको अस्तित्व समाप्त भएको छ। सरकारको यो कदमले प्रशासनिक तथा राजनीतिक क्षेत्रमा व्यापक बहस सिर्जना गरेको छ।

कतिपयले यसलाई कर्मचारीतन्त्रमा हुने राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने प्रयासका रूपमा लिएका छन् भने अन्यले कर्मचारीहरूको अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन्।


यो समाचारमा

काठमाडौँश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...