सरकारले भारतसँग जिटुजीमार्फत ८० हजार टन रासायनिक मल खरिद गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

19
Share
Featured

काठमाडौँ

सरकारले भारतसँग सरकारी–सरकारी (जिटुजी) माध्यमबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई ६० हजार टन युरिया र २० हजार टन डीएपी मल जिटुजीमार्फत खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिँदै भारतसँग प्रत्यक्ष जिटुजी प्रक्रियाबाट मल खरिद गरिने बताए। उनका अनुसार अहिले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ग्लोबल टेन्डर प्रक्रियाबाट मल आयात हुँदै आएको छ।

तर, टेन्डर प्रक्रियामा ढिलाइ हुँदा समयमा मल आपूर्ति हुन नसक्ने समस्या देखिएकाले जिटुजी माध्यम अपनाउने निर्णय गरिएको सरकारको भनाइ छ। यसले मल आपूर्तिमा देखिँदै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

भारतसस्मित पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...