दलित समुदायको प्रदर्शन : प्रधानमन्त्रीसँग भेट नपाएको भन्दै काठमाडौँमा आन्दोलन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

14
Share
Featured

काठमाडौँ

दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट नपाएको भन्दै काठमाडौँमा आन्दोलन गरेका छन्। आइतबार माइतीघर मण्डलामा भेला भएका उनीहरूले श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णको घटनामा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। पीडित परिवारले प्रधानमन्त्रीसँग भेट गर्न प्रयास गरे पनि समय नदिएको भन्दै आक्रोश व्यक्त गरिएको छ।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले घटनामा प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनले गृह प्रशासनकै मातहतमा बनेको छानबिन समितिप्रति आशंका व्यक्त गर्दै स्वतन्त्र अनुसन्धानको माग गरे।

प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने हिंसा र हत्या अन्त्य गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी पनि उनीहरूले दिएका छन्।

यो समाचारमा

काठमाडौँसिन्धुलीबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...