डोजरको उचाइ नपुग्दा कपनमा संरचना भत्काउने काम रोकियो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

13
Share
Featured

काठमाडौँ

सरकारले सुकुम्बासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिइरहेको छ। पहिलो चरणमा थापाथली सुकुम्बासी बस्ती, गैरीगाउँ र मनोहरा क्षेत्रमा रहेका बस्ती हटाइएको थियो भने दोस्रो चरणमा कपन, धोबीखोला र शंखमुललगायत क्षेत्रमा अभियान सञ्चालन गरिएको छ।

यसै क्रममा कपन क्षेत्रमा भने संरचना भत्काउने कार्य केही समयका लागि रोकिएको छ। डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रका अग्ला संरचना भत्काउन कठिनाइ भएपछि काम अवरुद्ध भएको हो।

सम्बन्धित निकायले आवश्यक उपकरणको व्यवस्थापनपछि पुनः संरचना हटाउने कार्य अघि बढाइने जनाएको छ।

यो समाचारमा

काठमाडौँथापाथली सुकुम्बासी बस्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...