काठमाडौँ उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान तीव्र, २,३०० भन्दा बढी घरटहरा भत्काइए

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

22
Share
Featured
  • काठमाडौँ उपत्यकामा नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका अवैध संरचना हटाउने अभियान तीव्र रूपमा जारी।
  • कपन, बालाजु, तिलगङ्गा लगायत क्षेत्रमा घरटहरा हटाइँदै, हालसम्म करिब २,३०० भन्दा बढी संरचना भत्काइएका।
  • प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखेर वास्तविक सुकुमबासी पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकामा वाग्मती र त्यसका सहायक नदी किनार तथा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान तीव्र पारिएको छ। सहरी विकास मन्त्रलय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा विभिन्न स्थानमा डोजर चलाएर संरचना हटाउने काम भइरहेको छ।

बुढानीलकण्ठ नगरपालिका–कपन क्षेत्रमा पर्ने साततले, पाथीभरा, तेन्जिङ चोकलगायत स्थानमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा धमाधम हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। उनका अनुसार धोबीखोला, विष्णुमती नदी किनार तथा अन्य कोरिडोर क्षेत्रमा समेत अतिक्रमित संरचना खाली गर्ने कार्य जारी छ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगर, बालाजु र तिलगङ्गा क्षेत्रमा समेत आजैदेखि संरचना हटाउने काम भइरहेको छ। हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब दुई हजार तीन सयभन्दा बढी घरटहरा हटाइएको उनले जानकारी दिए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि गत शनिबारदेखि उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान सुरु भएको हो। सो क्रममा थापाथली सुकुम्बासी बस्ती, सिनामंगल–गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा पनि संरचना हटाइएको थियो।

अभियानबाट प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु र भक्तपुरलगायत स्थानमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ उनीहरूको पहिचान गरी आवश्यक व्यवस्थापन गर्ने काम भइरहेको छ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमबासीको पहिचान प्रक्रिया पनि अघि बढाएको छ। उपलब्ध अभिलेखसँग दाबी गरिएका विवरण मिलान गरी दीर्घकालीन समाधान खोज्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

यो समाचारमा

बुढानीलकण्ठ  नगरपालिकाकाठमाडौँ महानगरपालिकाकाठमाडौँथापाथली सुकुम्बासी बस्ती
बालेन्द्र शाह (बालेन)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...