प्रभु साहको आरोप: बालेनले विधि मिचेर शासन गर्न खोजे

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

16
Share
Featured
  • प्रभु साहले प्रधानमन्त्री बालेन शाहमाथि विधि मिचेर शासन गर्न खोजेको र अध्यादेशमार्फत शासन गर्नु लोकतन्त्रविरुद्ध भएको आरोप लगाए।
  • सरकारले जनमतको दुरुपयोग गर्दै गलत दिशामा अघि बढेको भन्दै संसद्को सर्वोच्चता कायम गर्नुपर्ने उनले जोड दिए।
  • सुकुमबासी बस्ती हटाउन सेना परिचालन गरिएकोप्रति पनि उनले आपत्ति जनाउँदै सरकारको कार्यशैलीको आलोचना गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र नेतृत्वले विधि मासेर शासन गर्न खोजेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बल प्रयोगमार्फत लामो समयसम्म शासन गर्ने संकेत देखिएको भन्दै यस्तो शैली नेपाली जनताका लागि स्वीकार्य नहुने चेतावनी दिए।

आइतबार सिराहाको गोलबाजारमा आयोजित पार्टी भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले संसद् छलेर अध्यादेशमार्फत शासन गर्नु संसदीय लोकतन्त्रको उपहास भएको टिप्पणी गरे। उनले जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत शासन गर्दा राजनीतिक क्षति व्यहोरेको उदाहरण पनि स्मरण गराए।

साहले नेपाली जनताले पुराना दलहरूको दलतन्त्र र नेतातन्त्रको विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन दिएको उल्लेख गर्दै वर्तमान सरकारले जनमतको सही सदुपयोग गर्न नसकेको आरोप लगाए। उनका अनुसार सरकार उल्टो दिशातर्फ अघि बढिरहेको छ।

उनले बालेन शाहप्रति लक्षित गर्दै हतारमा निर्णय गर्दा दुई तिहाइ बहुमतसम्म जोखिममा पर्ने अवस्था आउन सक्ने दाबी गरे। साथै सरकारले जथाभावी हस्तक्षेप गरेर असफलताको बाटो लिएको आरोप लगाउँदै यसले देश र जनतालाई ठूलो क्षति पुर्‍याउने टिप्पणी गरे।

साहले सुकुमबासी बस्ती हटाउने क्रममा नेपाली सेना समेत परिचालन गरिएको र सार्वजनिक सूचना जारी गरिएको विषयप्रति पनि आपत्ति जनाएका छन्।

यो समाचारमा

प्रभु साहसिराहाआम जनता पार्टीकाठमाडौँ
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...