लैङ्गिक हिंसा भए तत्काल उजुरी गर्न मन्त्रालयको आग्रह, हेल्पलाइन सेवा सक्रिय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

14
Share
Featured
  • लैङ्गिक हिंसाका घटनाप्रति सरकार गम्भीर रहेको भन्दै पीडितलाई तत्काल उजुरी गर्न मन्त्रालयको आग्रह।
  • पीडित सहयोगका लागि ११४५, १०९८, १०४ र १०० लगायत निःशुल्क हेल्पलाइन तथा सेवा केन्द्र सञ्चालनमा।
  • संरक्षण, उपचार र पुनर्स्थापनासँगै सीप विकास कार्यक्रममार्फत लैङ्गिक हिंसा न्यूनीकरण गर्ने मन्त्रालयको योजना।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाका घटनाबारे तत्काल जानकारी गराउन पीडित तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सञ्चार माध्यममा सार्वजनिक भइरहेका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा महिला तथा किशोरीमाथि हुने शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरिएको छ। संविधानले प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयनका लागि सचेतनामूलक अभियानसँगै संरक्षण र पुनर्स्थापनाका कार्यक्रमलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

हिंसामा परेका वा त्यस्ता घटना देखे/सुनेमा तत्काल सहयोग लिन सकिने विभिन्न निःशुल्क सेवा सञ्चालनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रिय महिला आयोगको ११४५, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलासका लागि १०४ तथा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, स्वास्थ्य उपचार र कानुनी सहायताका लागि देशभरका अस्पतालमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत सेवा उपलब्ध गराइँदै आएको छ। पीडितहरूले ९८५१३११११२ नम्बरमा ह्वाट्सएप वा इमेलमार्फत पनि जानकारी दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले लैङ्गिक हिंसा न्यूनीकरण र पीडितको दीर्घकालीन पुनर्स्थापनाका लागि सीप विकास कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै लैङ्गिक हिंसा मुक्त समाज निर्माण सरकार मात्र नभई परिवार, समुदाय, निजी क्षेत्र र सञ्चार माध्यमको साझा दायित्व भएको जनाएको छ।



यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...