अनामनगरको सात तले विवादास्पद भवनमा डोजर, घरधनीको आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

14
Share
Featured
  • अनामनगरको रुद्रमती किनारस्थित सात तले विवादास्पद भवनमा संघीय सरकार र काठमाडौँ महानगरको समन्वयमा डोजर चलाइयो।
  • घरधनी इन्द्र चाम्लिङले नक्सा पास गरी कानुनी प्रक्रिया पूरा गरेर घर बनाएको दाबी गर्दै अचानक भत्काइनु अचम्मको भएको प्रतिक्रिया दिए।
  • महानगरले खोलाको मापदण्ड मिचिएको र नक्साभन्दा बढी संरचना बनाइएको भन्दै कानुनी रूपमा अनधिकृत भाग हटाइएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको विवादास्पद सात तले भवनमा आइतबार डोजर चलाइएको छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा उक्त भवनको केही संरचना भत्काइएको हो।

घरधनी इन्द्र चाम्लिङले करिब पाँच वर्षअघि निर्माण सम्पन्न गरेको उक्त भवन वडा कार्यालयबाट नक्सा पास गरेर कानुनी प्रक्रिया पूरा गरी बनाइएको दाबी गरेका छन्। उनले नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको भन्दै अचानक डोजर चलाइनु आफूका लागि अचम्मको विषय भएको प्रतिक्रिया दिएका छन्।

भवन भत्काउने क्रममा चाम्लिङले प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री बालेन शाहलाई ‘देशभक्त नेता’ का रूपमा सम्मान गरे पनि भेटघाट र छलफलको अवसर नपाएको गुनासो गरे। उनले नागरिकका कुरा सुन्ने व्यवस्था भए समस्या समाधान सहज हुने बताएका छन्।

आफ्नो पीडा व्यक्त गर्दै चाम्लिङले व्यङ्ग्यात्मक रूपमा सबै सुकुमबासीका पनि यस्तै सात तले घर भए राम्रो हुने टिप्पणी गरे। उनले आफूले मेहनत गरेर बनाएको संरचनामा डोजर चलाइनु दुःखद भएको बताएका छन्।

महानगरपालिकाले भने उक्त भवन खोलाको मापदण्ड मिचेर र स्वीकृत नक्साभन्दा बढी संरचना निर्माण गरिएको भन्दै कानुनी प्रक्रिया पूरा गरी अनधिकृत भाग हटाइएको स्पष्ट पारेको छ। भवनमा यसअघि मिडिया कार्यालय, स्पा तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेका थिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...